नियम ७
डिवेन्चर वा अन्य ऋणपत्र जारी गर्ने हद
(१) कोषले डिवेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र जारी गर्दा आफ्नो कूल चल तथा अचल सम्पत्तिको पच्चीस प्रतिशतमा नबढ्ने गरी जारी गर्न सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले कुनै बैंक वा संस्थाको जमानीमा सो जमानीमा उल्लेख भए बमोजिमको रकम बराबरको ऋणपत्र जारी गर्न सक्नेछ ।